८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दिनभरि देशभर सामान्य बदलीको सम्भावना



काठमाडौँ ।
मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको र नेपालको मध्य र पूर्वी क्षेत्रमा दक्षिणपूर्वी जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले मनसुनी गतिविधि बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरि नै सामान्य बदली भइ पश्चिमका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । बाँकी क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

बिहीबार दिनभरि देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।

राति पनि देशभरि सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति एक–दुई स्थानमा ठूलो पानी पर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ८ : ३६ बजे