कञ्चनपुर ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी सदस्य एवं जनपरिषद् कञ्चनपुर प्रमुख वीरसिंह सुनारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सुनारले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै पार्टी परित्याग गरेको जनाएका छन् ।
पार्टीमा रही भारतमा भूमिगत जीवन बिताउँदै आए पनि पार्टीले सञ्चालन गरेको हिंसागत गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशामा आफूसहित परिवारको कुनै संलग्नता नभएको उनले बताएका छन् । पार्टीको साधारण सदस्यसमेत नहरने गरी स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकाले राजीनामा दिएको उनले बताएका छन् ।
सुनारले बुधबार विज्ञप्ती जारी गरी सो कुराको जानकारी गराए हुन् । नेकपा (विप्लव) कञ्चनपुरले भने सुनारलाई पार्टी हितविपरीत कार्य गरेको पाइएपछि दुई महिनाअघि नै पार्टीबाट निष्काशित गरिएको जनाएको छ ।
प्रतिक्रिया