नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले एक जना बालिकालाई बलात्कार गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल कावासोती १३ गैरीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालेको छ ।
बालिकाको गर्भमा ७ महिनाको गर्भ रहेको समेत रहेको खुल्न आएको छ । कावासोती १३ का वडा अध्यक्ष विनोद रानाले बालिका गर्भवती समेत भएको पाइएको बताए ।
बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।
८ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया