८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वडा अध्यक्ष भन्छनः सामाजिक सेवामा पवित्र मन, वचन र कर्मको आवश्यकता हुन्छ



गीता अर्याल, कपिलवस्तु ।
समाज सेवामा लाग्नका लागि पवित्र मन, वचन र कर्मको आवश्यकता भएको वाणगंगा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सोमनाथ अर्यालले बताउनुभएको छ । कपिलवस्तुमा दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम सीड्सले सामाजिक सेवा दिवसको अवसरमा हथौसामा राखेको प्रभातफेरि कार्यक्रममा उनले यस्तो बताउनुभएको हो ।
साथै उहाले समाज सेवामा नागरिकहरुको आकर्षण अनि नया पुस्तालाइ सामाजिक सेवा प्रति अभिप्रेरित गर्नका लागि सामाजिक सेवा दिवस मनाउनु पर्ने सझाउनुभएको छ । त्यस्तै सीडसका कार्यक्रम संयोजक आर टी खानले विस्तारै समाजमा सेवाको भावना कम हुँदै गएको बताउनुभयो । उहाले सबैले सामाजिक क्षेत्रमा हातेमालो गरेर अगाडि बडनु पर्ने समेत बताउनु भयो ।र्
सुखि र समृद राष्टिय सोंच, समाज विकासमा हाम्रो अठोट ,आत्म साक्षि राखी वचन र कर्मले सेवा गरौैै भन्ने मुल नारा सहित यस वर्षको ४० औं सामाजिक सेवा दिवसमा विभिन्न प्लेकार्ड सहित मंगलवार रयालि सम्पन्न गरिएको छ ।
स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग, वाणगंगा नगरपालिकको समन्वय तथा सिदार्थ सामाजिक विकास केन्द्रको साझदारिमा जिल्लाको वाणगंगा नगरपालिका ११ मा कार्यक्रम गरिएको हो । र्यालि वडा कार्यलय हथौसा वाट शुरु भइ ओदारिमा पुगि कोण सभामा परिणत भएको थियो। कार्यक्रम जनप्रतिनिधि, स्थानिय निकायका कर्मचारि, सीडस कार्यक्रमका कार्यक्रम अधिक्रत गिता अर्याल, अनुगमन तथा मुल्याकंन अधिक्रत काशीराम भटराइ, कार्यक्षेत्र भित्रका वडा नम्वर ३, १० र ११ का सामाजिक परिचालक, सहजकर्ता लागायतको उपस्थिति रहेको थियो ।Image may contain: 6 people, including RT Khan, people smiling, people standing, people walking and outdoor

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ५ : ३५ बजे