८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

देशैभर सार्वजनिक गाडीको रुट परमिट खुला



काठमाडौं ।
दशैँको लागि ८ दिनसम्म सार्वजनिक गाडीको इजाजतपत्र अर्थात् रुट परमिट खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।
यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न सक्नेछन् । दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ ।
विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाण्डौ भित्रिने ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । अरु गाडीको आवागमनमा समस्या हुने भएकाले ‘मल्टि एक्सल ट्रयाक्टर ट्रेलर’लाई नारायणघाटबाट काठमाण्डौ आउन रोक लगाइएको विभागले जनाएको छ ।

unn.prixa.net

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ९ : ५८ बजे