८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मापसे प्रयोगकर्ताको सिमा नाघ्यो, प्रहरीमाथि अभद्र व्यवहार



प्यूठान ।

प्यूठान नगरपालिका – ८ मानागाँउस्थित धर्मभक्त आधारभूत विद्यालयको कम्पाउण्ड भित्र गई होहल्ला गर्ने एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानीय २६ वर्षीय जुठे सार्कीले मादक पदार्थ सेवन गरी मंगलबार विद्यालय भित्र  प्रवेश गरी अपशव्द प्रयोग गरी हो हल्ला गरेका थिए ।

उनले कक्षा कोठाका बेन्चमा लात्तिले हानी ढलाई कक्षा कोठामा अध्ययनरत बालबालिकालाई हैरानी दिई उच्छृङखल क्रियाकलाप गरेको प्रहरीले जनाएको छ । प्रहरीले सम्झाउँदा समेत नमानेर प्रहरी गस्ती टोलीलाई नै अपशव्दहरु प्रयोग गरेपछि उनलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।  गाली गलौज गरी अभद्र व्यवहार गरेको हुँदा सार्कीलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको उनले बताए ।

त्यस्तै गत ४ असोजमा ऐरावती गाँउपालिका ४ कैरनस्थित सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा वडा नं ५ सराङवेशीका ३७ वर्षीय जित बहादुर केसी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई सम्झाउन खोज्दा अस्थायी प्रहरी पोष्ट कैरनबाट खटिएको प्रहरी गस्ती टोलीलाई अपशव्द प्रयोग गरी गाली गलौज गर्नुका साथै प्रहरी हवल्दार  जनक बहादुर विकको बायाँ खुट्टाको घुँडा माथी दाँतले टोकी अभद्र व्यवहार गरेपछि प्रहरीले केसीलाई प्रक्राउ गरेको हो । प्रक्राउ गरि केसीलाई  सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको सूचना अधिकारी जिसीले बताए ।

त्यस्तै मल्लरानी गाँउपालिका ४ बसपार्क स्थित सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरेकै अवस्थाबाट प्रहरीले खन्नीखोलाका २४  वर्षीय केशव केसीलाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा अपशव्द बोलीरहेका केसीलाई सम्झनउँदा प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरी सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।

सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा मुद्दामा २५ दिनसम्म हिरासतमा बस्ने र गल्तीको प्रकृती हेरी  १० हजार रुपैयाँसम्म  धरौटी राखेर निस्कने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ८ : ३० बजे