जनकपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र उद्योग मन्त्री मातृका यादवमाथि छानबिन गरी कारबाही गर्न प्रदेश २ कमिटीले आज प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा पाँच केन्द्रीय सदस्यलाई निष्कासनको माग समेत गरिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णुप्रसाद पौडेललाई संयुक्त रूपमा प्रतिवेदन बुझाउँदै प्रदेश २ कमिटीले महोत्तरीको बर्दिवासलगायत घटनामा नेपाल र यादवको प्रत्यक्ष संलग्नता देखिएको निचोडसहित कारबाहीको माग गर्दै प्रतिवेदन बुझाएको प्रदेश कमिटीका नेताहरूले बताएका छन् ।
पूर्वघोषित ६ जिल्लाको शपथग्रहण स्थगित गराउने, जनप्रतिनिधिको प्रशिक्षण स्थगित गराउने र बर्दिबास घटनासम्म आइपुग्दा वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मातृका यादवको प्रत्यक्ष निर्देशन र संलग्नता देखिएको सो प्रतिवेदनमा उल्लेख छ ।
रौतहटबाहेक प्रदेश २ का ८ वटै जिल्लाका अध्यक्ष र सचिवसहित प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललगायतले अध्यक्ष दाहाल र महासचिव पौडेललाई प्रतिवेदन बुझाउँदै कारवाहीको सिफारिस गरेका हुन् ।
८ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया