मयादेवी अनलाइन, बुटवल ।
रुपन्देहीको एभरेष्ट माध्यमिक विद्यालयले कक्षा ११ को अन्तिम परिक्षाको सार्वजनिक नतिजामा प्रथम भएको दाबी गरेको छ । बुटवल सुख्खानगरस्थित विद्यालयलयबाट परीक्षामा सहभागी विद्यार्थी भुवन भण्डारीले ३ दशमलव ९३ जिपिए अंक ल्याएर उत्तीर्ण गरेका छन् । जसलाई विद्यालयले नेपालमा उत्कृष्ट भएको दाबी गरेको छ । विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपानेले मायादेवी अनलाइनसंग कुरा गर्दै भुवन भण्डारीले ल्याएको अंक अन्य विद्यालयले नल्याएको दावी गर्नुभयो । भुवनले ५ विषयमा ए प्लस र २ बिषयमा ए ग्रेड ल्याएका छन् । भण्डारीले जस्तै एभरेष्टकै अर्का विद्यार्थी बिवेक सापकोटाकोे पनि ३ दशमलव ९२ जिपिए छ ।
प्रिन्सिपल न्यौपानेका अनुसार कक्षा ११ मा विज्ञान र ब्यवस्थापन विषयमा ३ सय ४२ जना विद्यार्थीले परीक्षा ३२ जनाले ए प्लस, ९० जनाले ए, १ सय १५ जनाले बी प्लस, ७८ जनाले बि र २७ जनाले सी प्लस ग्रेड अंक ल्याएका जनाएको छ ।
८ आश्विन २०७६ बुधबार ००:००
16
Shares
प्रतिक्रिया