८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिक्षण सिकाइ लाई प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्नेमा जोड



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती कपिलवस्तुले आउदै गरेका महान चाडहरु विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा शिक्षक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेकोछ । सिद्धार्थ क्याम्पस बुङचीमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले गौतम बुद्धको बासस्थान रहेको कपिलवस्तु जिल्लाको विद्यालय तथा शिक्षकको शिक्षण प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, नेकपा अध्यक्ष झविलाल पोख्रेल लगाएतले शिक्षण सिकाइलाई गुणस्तरीय, नियमित, अनुशासित र मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक सहजकर्ता रामप्रसाद पाण्डेले मानिसहरुलाई नया विचार स्विकार्न गाह्रो नभएपनि पुराना विचारलाई छोड्ने कुरा मुख्य समस्याको विषय भएको बताउनुभयो । प्रशिक्षक पाण्डेले कक्षा कोठामा शिक्षकले मुस्कान सहितको शिक्षण सिकाई गर्नुपर्नेमा जोड दिदै शिक्षकको सकारात्मक सोचबाट शिक्षण सिकाई प्रभावकारी बन्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती कपिलवस्तुका अध्यक्ष रमेश पन्थीले संगठनले विद्यालय संग सम्बन्धीत सरसफाई कार्यक्रम, डस्टबिन वितरण जस्ता काम सम्पन्न गरिसकेको बताउदै शिक्षण सिकाई लाई प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गरेको जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती कपिलवस्तुका अध्यक्ष पन्थीको अध्यक्षता, र गोविन्द बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुका सदस्यको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ७ : ०९ बजे