मायादेवी अनलाइन, पिपरा ।
जनता माध्यमिक विद्यालय पिपरा कपिलवस्तुले आज विविध अतिरिक्त क्रियाकलाप गरी राष्ट्रिय विज्ञान दिवस भव्यताका साथ मनाएको छ । विज्ञान प्रविधी र नवप्रर्वतन ; सामाजिक आर्थिक रुपान्तरण भन्ने मुल नाराका साथ विद्यालयले तहगत हाजिरीजवाफ, विज्ञान प्रर्दशनी र मनोरन्जनात्मक कार्यक्रम गरी दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिम बहादुर जिसीले विज्ञान र प्रविधी अध्ययनको एक विषयमात्र नभइ जीवनयापनको आधार समेत भएको बताउनु भयो ।
विज्ञान र प्रविधीको यथोचित विकासले मात्रै देशको विकास सम्भव भएको बताउदै जि सी ले प्रविधीमैत्री समाजको परिकल्पना प्रस्तुत गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी वाणंगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णु प्रसाद पौडेलले जनता माध्यमिक विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा प्रविधीको उच्चतम अभ्यास गरेको जानकारी गराउंदै आगामी दिनमा विद्यालयलाइ टेक्नोलोजी जोनको रुपमा विकास गरीने बताउनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले कक्षा ११ ,१२ का लागी विज्ञान विषयका लागी एक मात्रै भर पर्दो गन्तव्य बनेको विद्यालयमा यसै शैक्षिक सत्र देखि वन विज्ञानका कक्षाहरु समेत संचालन हुन लागेको जानकारी गराउनु भयो । कार्यक्रममा कक्षा ११ र १२ विज्ञान संकायका विद्यार्थीहरुले विज्ञान एवम प्रविधी प्रर्दशनी गरेका थिए ।
१ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया