८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेकपालाई धक्का, पटनाको कामता माविमा कांग्रेसको प्यानल बिजयी



मायादेवी अनलाइन, वाणगंगा ।
एक विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस प्यानल विजयी भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० स्थित कामता माध्यमिक विद्यालय करेलियाको व्यवस्थापन समितीको निर्वाचन चुनावबाट भएको हो ।
सोमबार भएको निर्वाचनमा नेपाली काँग्रेसले अगाडी सारेको प्यानल बिजयी भएको छ । वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसीको संयोजनमा सोमबार सम्पन्न निर्वाचनमा नेकपा र नेपाली कांग्रेसको दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।
लामो समयदेखि सहमतिमा व्यबस्थापन समिति चयन गर्ने प्रयास गरिएपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । बिद्यालय व्यबस्था समितिमा नेपाली कांग्रेसको प्यानलबाट कल्लुप्रसाद थारु, पार्वती थारु, रामदिन थारु र सावित्रा थारु विजयी भएका छन् ।
कुल २०८ मतमा २०३ मत खसेको थियो । जसमा नेपाली कांग्रेसका कल्लु थारुले १०८, रामदिन थारुले १०४, पार्वती थारु र सावित्रा थारुले समान १०३ मत प्राप्त गर्नुभएको थियो भने नेकपाको प्यानलबाट प्रतिस्पर्धा गरेका केशनारायण यादवले ८९, रोगाही थारुले ८७, गिता थारु र लक्ष्मी थारुले समान ८३ मत प्राप्त गरेको शिक्षा शाखा अधिकृत जिसीले बताउनु भयो ।
बिद्यालय व्यबस्थापन समितिमा निर्वा्चित मध्येबाट केही दिनमा अध्यक्ष चयन गरिने बिद्यालयका प्रधानाध्यापक चोलानाथ ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ६ : ५३ बजे