८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

उत्कृष्ट विद्यालयको सम्मान ‘ज्ञानपुञ्जलाई’



मायादेवी अनलाइन, कपिलवस्तु । 

बाणगंगा  २ राजपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कुलले कपिलवस्तुको उत्कृष्ट विद्यालयको पुरस्कार पाएको छ । ४० औँ शिक्षा दिवस तथा बाल दिवस २०७६ को अवसरमा वाणगंगा नगरपालिकाका शिक्षा शाखाले जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा ज्ञानपुञ्जलाई सम्मान गरेको हो ।

पढाइका अतिरिक्त अन्य शैक्षिक गतिविधिमा पनि उत्कृष्टता हासिल गरेको हुनाले विद्यालयलाई सम्मान गरिएको हो ।  बाणगंगा नगरका मेयर मंगल प्रसाद थारु र  शिक्षा शाखा प्रमुख बाबुराम भट्टराइले विद्यालयका प्रधानाध्यापक रोमाकान्त घिमिरेलाई सम्मान पत्र र शिल्ड प्रदान गर्नुभएको थियो ।

यस्तै सोही विद्यालयका छात्र प्रज्वल बस्याल र शाश्वत पन्थी उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएका छन् । बहुमुखी प्रतिभा सम्पन्न भएकाले बस्याल र पन्थीलाई सम्मान गरिएको हो ।  यसैबीच विद्यालयका अध्यक्ष पदमाल अधिकारीले सम्मान प्राप्त गर्न सफल भएकोमा प्रधानाधयापक घिमिरे,शिक्षक तथा विद्यार्थिलाई बधाई दिँदै यो सफलताको अभियानमा लाग्ने सबैलाई धन्यबाद दिनुभएको छ । ज्ञानपुञ्जले केही हप्ताअघि मात्र ब्रिटिस काउन्सिल र पाठ्यक्रम विकास केन्द्रले प्रदान गरेकोे इन्टरनेश्नल स्कुल अवार्ड पनि प्राप्त गरेको थियो । सो विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १० सम्म अध्यापन हुने गर्दछ ।

Image may contain: 4 people, people standing

Image may contain: 3 people

प्रकाशित मिति : ३० भाद्र २०७६ सोमबार ००:००  ९ : ३९ बजे