८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिक्षा, स्वास्थ्य र कृषिका सवालमा साझा सभा !



बाबुराम रायमाझी, कपिलवस्तु ।

पारस्परिक जवफदेहिता परियोजना अन्तर्गत साझा सभा जिल्ला समन्वय समिति कपिलवस्तुमा युएसआइडि, ईन्द्रेणी ग्रामिण बिकास केन्द्र, एफ.एच.आई. ३६० र नेपाल पत्रकार महासंको समन्वयमा सम्पन्न भएको छ ।

सभामा जिल्लामा रहेका बिषयगत कार्यालय शिक्षा, स्वास्थ्य, कृषि, गैसस, बिद्युत लगायतका कार्यालयका प्रमुखहरुसंगै सेवाग्राहीको सहभागिता रहेको थियो । स्थानीय स्तरमा रहेर काम गरिरहेका स्थानीय तह र बिषयगत शाखाले प्रवाह गरिरहेका कार्यका बरेमा छलफल गरिएको थियो ।

उपस्थित प्रतिनिधिहरुले जिल्लाका मुख्य सवालहरुका बारेमा जवाफ दिएका छन । आजको साझा सवालमा शिक्षा, स्वास्थ्य र कृषिका बारेमा प्रश्नहरु उठेका थिए । जिल्लाको दक्षिणी भागका विद्यालयहरुमा शिक्षक नभएको अवस्था छ । जिल्लामा रासायनिक मल मंहगो पैसामा किन्न पर्ने बाध्यता रहेको अजय चौधरीको गुनासो रहेको छ ।

स्थानीय स्तरमा रहेका महिला जनप्रतिनिधिहरुलाई महिला भएकै कारण काम र निणर्य लिन सक्दैनन् भन्ने गरेको शान्ता सापकोटाले बताउनुभयो । जिल्ला अस्पतालमा औषधि नदिने, महिला प्रशुति गराउदा आफैले बाहिर देखि सामान किनेर अपरेसन गर्नु परेको गीता श्रीवास्तवको भनाई छ ।

जिल्लाका स्वास्थ्य चौकिहरुमा प्रयोग गर्ने फिनाईल समेत गुणस्तरीय नभएको गुनासो माया ज्ञवालीको रहेको छ । स्थानीय तहले उठाई रहेको कर कहा के कामका लागि प्रयोग भईरहेको छ त्यसमा पनि पारदर्शिता खोज्नु पर्ने माया ज्ञवालीको भनाई छ ।

साथै साझा सभामा नागरिकताका बिषयमा पनि सवाल उठेको छ । शुद्धोधन गाउँपालिका वडा नं. ५ मा बस्ने छेदि मल्लाहले आज सम्म नागरिकता पाउन सक्नु भएको छैन । आमाको मृत्यु भएको र आमाको नागरिकता आमाको बुवाको नाम देखि बनेको हुनाले नागरिकता बनाउदा चाहिने कागतपत्र पेस गर्दै नागरिकता बन्दैन भनि जवाफ दिएको छ । सभामा उठेका प्रश्नहरुको जवाफ बिषयगत शाखाका प्रमुखहरुले दिनु भएको थियो ।

जसरी गाउँमा हल्ला चलिरहेको छ त्यो जनताले बुझन नसकेर चलेको र हामी जनता प्रति पारदर्शी रहेको बताएका छन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका अधिकृत जगन्नाथ लामिछानेले अहिले स्थानीय तहमा सबै सेवा गएको हुँदा समन्वय देखि दिन मिल्ने सेवाका बारेमा बुझेर सेवा दिने बताउनुभयो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका उप–प्रमुख तारावती कुमारी थारुले जसलाई आवश्यक छ र जो वास्तविक कृषक हो उसले मल विउ, अनुदान पाएको छैन् । जुन समयमा जुन मलको आवश्यक पर्छ त्यो नपाईने र जुन आवश्यक छैन त्यो पाईने हुनाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रदेश सभा सांसद धर्म बहादुरलाल श्रीवास्तवले यहाँ उठेका सवालहरुलाई संबोधन गर्ने गरि प्रदेश सभाको बैठकमा मैले कुरा उठाएको र सकारात्मक जवाफ पनि आएको हुनाले बिकास विस्तारै हुदै जाने बताउनु भयो । साथै भोलिको दिनमा साझा सभाले जनतालाई पारदर्शी बनाउने कार्य गरिरहेको हँुदा पालिकाको वडामा र जनताको माझमा गर्नु पर्ने सुझाव दिनु भएको छ ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले स्थानीय स्तरमा समन्वय गरेर जनताको सेवालाई प्राथमिकता दिने बताउनु भयो । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता प्रदेश सभा सांसद धर्म बहादुरलाल श्रीवास्तवको बिशिष्ठ अतिथिमा जिल्ला समन्वय समिति कपिलवस्तुका उप–प्रमुख तारावती कुमारी थारु, जिल्ला समन्वय समिति कपिलवस्तुका अधिकृत जगन्नाथ लामिछाने रहनु भएको थियो ।

पारस्परिक जवाफदेहिता परियोजना कपिलवस्तु र पाल्पा जिल्लाका संयोजक लक्ष्मिनाथ ज्ञवालीले साझा सभाको उद्देश्य प्रस्तुत गर्नु भएको थियो । कपिलवस्तु पत्रकार महासंघका सहसचिव मोहन बेल्वासेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७६ शुक्रबार ००:००  ८ : २५ बजे