झापा ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको शीर्ष नेताबीच कुनै असन्तुष्ट नरहेको बताएका छन्। नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनमा सहभागी हुन झापा आएका पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले प्रेस संगठन नेपाल झापाले शुक्रबार बिहान भद्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भए पश्चात् नेकपा गठन भएको हो। पार्टी एकता पश्चात् १५ महिना अघि सचिवालय बैठकमा भएको सहमति र निर्णय गलत भएको भन्दै त्यो निर्णयलाई छलफलबाटै सर्वसहमितले सच्याइएको हुँदा पार्टीका शीर्ष नेताबीच कुनै असन्तुष्टि नरहेको उनले प्रस्टाए। सरकार जतिको लोकप्रिय र प्रभावकारी हुनु पर्ने हो यद्यपि त्यो हुन नसकेको बताए।
प्रतिक्रिया