दाङ ।
दाङको दंगीशरण गाउँपालिकामा शुक्रबार बिहान भएको दुई घटनामा परी दुई जनाको मुत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोही गाउँपालिका-६ मैरवा बस्ने ४० वर्षीय कुलबहादुर खड्काको शुक्रबार बिहान ७ बजेतिर सार्वजनिक कुवामा डुबेर मुत्यु भएको हो। खड्का मानसिक सन्तुलन ठीक नभएको खुल्न आएको प्रहरीले बताएको छ।
घटनामा बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ। यस्तै, सोही गाउँपालिकामा खोलाले बगाउँदा एक मजदुरको मुत्यु भएको छ। वडा नम्वर ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदुरी गदै आएका बर्दिया जिल्लाका गुलरिया नगरपालिका १२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा शुक्रबार बिहान साढे ८ बजे नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए ।
२० भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया