८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाली सेनाको गाडीले ठक्कर दिँदा कलाकार लेखबहादुर पुनको मृत्यु



बिष्णु कुमार आले, अर्घखाँची ।
सडक दुर्घटनामा परी अर्घाखाँची मालारानी ९ गोखुङगा सेपानीका २५ वर्षीय लेखबहादुर पुनको मृत्यु भएको छ। बिहीबार साँझ ललितपुरबाट बा ८६ प ७५० नम्बरको मोटरसाइकल चढेर सुन्धारा जाँदै गरेका लेखबहादुर पुन एलबी पुनलाई पछाडिबाट आउँदै गरेको बा १ ग २४५६ नम्बरको नेपाली सेनाको गाडीले काठमाडौंको त्रिपुरेश्वरमा ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते पुनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति निधन भएको मृतकका दाजु लिमान बहादुर पुनले बताए। नेपाली लोक ,कला संस्कृतिमा ७ वर्ष बिताइसकेका एक अभियन्ता पुनले काठमाडौंमा बसेर लोक ,दोहोरी ,नृत्य र अभिनयमा सक्रिय भुमिका खेलेका थिए। अहिले पुनको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा राखिएको छ। मृतक पुनस् राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल बानेश्वर कोटेश्वर समितिका सहसचिव पनि हुन्। अहिले टिचिङ हस्पिटलमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीसहितको नेपाली कलाकारको टोलीको ठूलो भीड लागेको मृतकका दाजु लिमान बहादुर पुनले जानकारी दिए। अर्घाखाँचीकै शिर उच्च राखेका एक बहुप्रतिभाशाली व्यक्तित्व पुनको निधनले देशकै कलाकारिता क्षेत्रमा ठूलो क्षति भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका निवर्तमान अध्यक्ष सहयोगी बिसीले बताए। एक उदयमान कलाकारको दुखद निधनले एक कुशल , बहु प्रतिभा शाली कलाकार गुमाएको अर्घाखाँची काठमाडौ कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले बताए। घटनाको जानकारी पाउनेबित्तिकै विभिन्‍न कलाकार जिल्लाबासिको ट्रमा सेन्टरमा भिड लागेको थियो। ठक्कर दिने चालक र गाडीलाई जनसेवा प्रहरी बिट विशाल बजारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उचित क्षतिपूर्ति उपलब्ध नभएसम्म शव नबुझ्ने मृतकका आफन्तले जनाएका छन्।

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  १ : ४८ बजे