मायादेवी अनलाइन, वाणगंगा ।
विहीबार विहान ६ बजे देखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवाले गलत सुचना जारी गरेको प्रष्ट भएको छ । यो समाचार तयार पार्दा (साँझ ८-१० बजे) सम्म प्राधिकरणले अझै विद्युत दिएको छैन् । आफ्नो लेटर हेडमा सार्वजनिक सुचना जारी गर्दै प्राधिकरणले विहीबार विहान ६ बजे देखि साँझ ६ बजेसम्म विद्युत नहुने जानकारी गराएको थियो ।
जीतपुर सवस्टेशन भित्रका ग्राहकले विहीबार दिनभर विद्युतको उपभोग गर्न नपाएका हुन् । मर्मत सम्भार गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध भएपछि जीतपुर सव स्टेशनका ग्राहकले भदौरे गर्मीमा पनि सहजै रुपमा लिएका थिए । तर, आधिकारीक रुपमै जारी गरेको सुचना अनुसार प्राधिकरण नचले पछि विभिन्न टीकाटिप्पणी उठ्न थालेको छ ।
पछिल्लो केही महिना यता जीतपुर सवस्टेशनका ग्राहक विद्युतबाट पीडित जस्तै बनेका छन् । अधिकांश समय विद्युत जाने र जसोतसो आएपनि लो भोल्टेजको चरम मारमा उपभोक्ता पर्दै आएका छन् ।
यो पनि पढ्नुहोस
वाणगंगामा ‘लो भोल्टेज’, उपभोक्ता हैरानी खेप्न बाध्य ! कहिले होला समाधान ?
यो पनि पढ्नुहोस
विद्युत अनियमित हुँदा हैरान सर्वसाधारण, पीडा सुन्ने कोही छ ?
यो पनि पढ्नुहोस
अनियमित विद्युत कटौतीमा नगर उप–प्रमुख अर्यालको चासो
विद्युत के कति कारणले अनियमित भएको हो स्पष्ट भन्न नसक्ने प्राधिकरणले विहीबार भने सार्वजनिक सुचना जारी गर्दै विद्युत अवरुद्ध हुने जनाएको थियो । तर, आफ्नै सुचनाको उल्लङ्घन प्राधिकरणले गरेको छ ।
नेपालमा प्रायजसो झुटको खेती हुने गरेको छ । चाहे नेता हुन् चाहे सरकारी कार्यालय । आफ्नो बोलीमा प्रायजसो चुक्दै आएका छन् । यही झुटको खेती फेरी प्राधिकरणले गरेको छ ।
यता जितपुर सवस्टेशनले राती १० बजेसम्म विद्युत आउने दाबी गरेको छ ।
प्रतिक्रिया