८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रोल्पामा सर्पले डसेर एक महिलाको मृत्यु



बुटवल ।
रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा मृत्यु भएको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । पछिल्लो केहि दिनयता प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सर्पको त्रास फैलिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६ बिहिबार ००:००  ६ : २२ बजे