मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुले नयाँ संचरना अनुसार पार्टीको संगठन बिस्तार गरेको छ । कपिलवस्तुको तौलिहवामा बसको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।
संसदीय क्षेत्र नम्बर १ को पार्टी सभापतिमा अब्दुल मन्नान खा, २ मा केशव कुमार श्रेष्ठ र ३ मा अकिल मिया रहेका छन । क्षेत्र नं. २ को जिम्मेवारी पाउने श्रेष्ठ बुद्धभूमि नगरपालिकाको नगर प्रमुख हुन् ।
यस्तै क्षेत्र नम्बर १ को ‘क’ को सभापतिमा शालिकराम चौधरी, ‘ख’ मा बलीउद्दीन मुसलमान, २ को ‘क’ मा राजेश्वर सिंह र ‘ख’ मा गिरीजेश पाण्डे तथा ३ को ‘क’ मा जयन्त्री प्रसाद चौधरी र ‘ख’ मा बिनय गिरी रहेका छन ।
यस्तै समितिले भदौ २४ गते देखि फेरी जागरण अभियान संचालन गर्ने निर्णय गरेको पार्टी सह सचिव बिरेन्द्र शुक्लाले बताए । संसदीय क्षेत्र नम्बर १ मा भदौ २१, २ मा २२, र ३ मा २३ गते जागरण अभियान संचालन गरिनेछ ।
यस्तै द्धन्दकालका बिभिन्न घटनाहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सत्तारुढ दलले षडयन्त्रपुर्वक फसाउन खोजेकोले त्यसको दवाव स्वरुप बिभिन्न सचेतना र दवावमुलक कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ ।
पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टी नयाँ संचारना अनुसार गठन भएकोले अब सशक्त रुपमा अघि बढ्ने बताए । उनले पार्टीका सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । यस्तै समितिले स्वतन्त्र सेनानी स्वर्गीय अब्दुल रंगरेजका छोरा जाबेद रंगरेजलाई २१ हजार ६ सय रुपैया नगद समेत प्रदान गरेको पार्टीका नेता अनुप पाण्डेयले बताए ।
१९ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया