मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा आयोजना भएको बजाज एक्सचेन्ज महामेलाको पहिलो दिन नै आक्रामक ब्यापार भएको छ । केदारनाथ मोटरसाइकल वर्कस बजाज स्वरुम बैरियाले मायादेवी रिसोर्टमा पहिलोपटक राखेको बजाज एक्स्चेन्ज महामेलामा ३० बढी नयाँ मोटरसाइकल किनबेच भएको हो । एक्सचेन्जको पहिलो दिन १ सय ५०, दुई सय बीसको (टु ट्वान्टी) र डिस्कभर मोटरसाइकल बढी विक्रि भएका केदारनाथ मोटरसाइकल वक्र्सका बिष्णु पाठकले जानकारी दिनुभयो ।
आजको ब्यापारलाई उत्साहजनक र आक्रामक भन्न मिल्ने पाठकले जानकारी दिनुभयो । प्रचण्ड गर्मीका बाबजुत पनि आज पहिलो दिनको ब्यापार उत्साहजनक भएको छ उहाँले भन्नुभयो–‘बाँकी दिनमा पनि यो दर कायम रहनेमा आशाबादी छौँ ।’ बजारको प्रचलित मूल्यमा बजाज कम्पनीले थप १५ हजार एक्स्ट्रा रकम दिएपछि पुरानो मोटरसाइकलबाट नयाँ मोटरसाइकल चढ्नेको भीँड लागेको छ । ब्लुबुक भएको जस्तोसुकै मोटरसाइकलको न्युनतम भ्यालुएसन ३० हजार कायम अफरले पनि उपभोक्ताको मन जितेको छ । यस्तै पुरानो मोटरसाइकलसंग नयाँ मोटरसाइकल साटेबापत पहिले १ हजारदेखि १ लाखसम्म र बाइक किनेपछि ७ हजारदेखि १ लाखसम्म स्क्र्याच कुपन थुत्न पाइने सुविधाले पनि उपभोक्ताहरुले यो महामेलाबाट मोटरसाइकल किनिरहेका छन् ।
यो एक्सचेन्ज मेला भाद्र २२ गतेसम्म रहने छ । यो महामेलाको अवसरमा बाइक साटेबापत हेलमेट, मोटरसाइकल कभर, लेग गार्ड र बजाजको एउटा ल्याबटप ब्याग उपहारस्वरुप दिइएकको छ । यो अफर सिमित अवधिको लागि भएकाले मौकाको फाइदा उठाउन पाठकले सबैलाई अनुरोध गर्नुभयो । एक्सचेज्नमा मोटरसाइकल खरिद बिक्रि गर्नेहरुलाई मायादेवी रिसोर्टका संचालक वीरेन्द्र श्रेष्ठका पिता कृष्णहरी श्रेष्ठले उपहारहरु दिनुभएको थियो । पछिल्लो समय नेपाली बजारमा हरेक तह र तप्काका ब्यक्तिले बजाज मोटरसाइकल रोजाइमा पारेको कम्पनीका रिज्नल म्यानेजर प्रकाश शर्माले बताउनु भयो ।
स्क्र्याचमा ५१ हजार
बजार एक्सचेन्ज महामेला बुधबार पहिलो दिन पाल्पाका सुरज बस्यालले स्क्र्याचमार्फत ५१ हजार जितेका छन् । महामेलामा टु ट्वान्टी मोटरसाइकल खरिद गरेका उनले पहिले स्कर्याच गरी ५० हजार र पछि स्क्र्याच गरी १ हजार गरी ५१ हजार स्क्र्याच मार्फत नगद जितेका हुन् । स्क्र्यचमार्फत न्यूनतम ८ हजार अनिवार्य भए पनि भाग्य हुनेले १ लाखसम्म जित्न सक्ने छन् ।
यस्तै आज नै एक्सचेन्जमा पोखरामा पनि एक जनाले स्क्र्याचमार्फत ५० हजार जितेका छन् । यो अफर जिल्लामै पहिलो भएकाले जतिसक्दो मौकाको फाइदा उठाउन केदारनाथ मोटरसाइकल पार्टसका टेकनाथ पाठकले अनुरोध गर्नुभएको छ । महामेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति पनि दिइरहेका छन् । अबको ५ दिनसम्म विविध सांस्कृतिक कार्यक्रम पनि राखिएकाले निशुल्क मायादेवी रिसोर्ट वैरियामा आइ आनन्द लिन पनि आयोजकले आग्रह गरेको छ ।
प्रतिक्रिया