८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

टिचिङ परिसरमा नाराबाजी गर्ने १५ जना विद्यार्थी नियन्त्रणमा



काठमाडौं ।
त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन आइओएम मा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै आन्दोलनरत मेडिकल विद्यार्थीहरुले बुधबार बिहान ९ बजेदेखि नै आइओएमको प्रवेशद्धार अगाडि नाराबाजी गरेका थिए ।
आन्दोलनरत मेडिकल विद्यार्थीलाई आइओएमभित्र प्रवेशमा रोग लगाएपनि अस्पताल परिसरममा नाराबाजी चर्किएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाएपछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुन तालाबन्दीका लागि आइओएम पुगेका थिए ।

उनीहरुले आफूहरुको माग पुरा नभएसम्म एमवीवीएस, विडिएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौं २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन् । यता सरकारले भने कुनैपनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षित शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ । आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६ बुधबार ००:००  १२ : ५८ बजे