काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका संगठन विभाग प्रमुख बामदेव गौतम बुधबार सिंगापुर जाँदै हुनुहुन्छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गौतम सिंगापुर जान लाग्नुभएको हो ।
उहाँ दिउँसो १ बजेपछि सिंगापुर जाने तय भएको गौतमको निजी सचिवालयले जनाएको छ । उहाँ मंगलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाने भनिए पनि पछि हल्ला मात्रै भएको भनिएको थियो ।
त्यसपछि महासचिव पौडेल मात्रै मंगलबार सिंगापुर जानु भएकोमा बुधबार संगठन विभाग प्रमुख गौतम पनि त्यसतर्फ जान लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार प्रक्रिया बुधबार सकेर शुक्रबार स्वदेश फर्कने तयारी छ । महासचिव पौडेल र संगठन विभाग प्रमुख गौतम अब प्रधानमन्त्री ओलीसँगै शुक्रबार नै फर्कने योजना छ ।
१८ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया