८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा हरेक २ दिनमा एक जनाले गर्छन आत्महत्या !



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तु जिल्लामा हरेक २ दिनमा एक जनाले आत्महत्या गरिरहेका छन् । पारिबारिक झै–झगडा, गरिबी र रोगबाट दिक्क मान्दै आत्महत्या गर्नेको संख्या त्रासदीपुर्ण तरिकाले बढे पछि यहाँ चिन्ता बढेको छ । अघिल्लो आब २०७५÷०७६ मा १ सय २९ जनाले आत्महत्या तथा अकालमा ज्यान गुमाएका छन । हरेक २.८२ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

गत आब २०७५÷०७६ मा १ सय २९ जना मध्ये बिभिन्न उमेर समुहका महिला ६५ जना रहेका छन् भने पुरुष ६४ जनाले आत्महत्या गरेका थिए । त्यस मध्ये सबैभन्दा बढी ७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । बिष सेवनगरि ४१ जनाले आत्महत्या गरेका थिए । आगो लगाई एक जनाले आत्महत्या गरेका छन ।

तीन चार बर्ष यता जिल्लामा आत्महत्या गर्नेहरुको संख्या डरलाग्दो रुपमा बढेको छ । आत्महत्या गर्नेको संख्या पुरुष भन्दा महिलाको धेरै रहेको छ । उनीहरु सबै १ देखि ६० बर्ष उमेर समुहका ३२ महिलाहरुले आत्महत्या गर्ने गरेको प्रहरी कार्यालयले बताएको छ । अन्न भण्डारण गर्दा प्रयोग गरिने सल्फास नामक बिषादीको सजिलै पहुँच हुनु पनि आत्महत्याको एउटा ठूलो कारण भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । डाक्टर पूर्ण घर्तीले समाजमा आत्महत्या गर्नेको संख्या उच्च रहेको बताए । मान्छे जब नैरायस्ता अथवा डिप्रेसनमा जान्छ अनि उसले अन्तिम बाटो आत्महत्या रोज्छ ।

गरिबीका कारण आधुनिक समाज अनुसार चल्न नसकेका कारण कतिपय युबा युबतीले आत्महत्या गर्ने गरेका छन् । उनले केही व्यक्तिहरुमा मानसिक तनाबका कारण नैराश्यता भई विष सेवन गरि बा झुण्डिएर आत्महत्या गर्ने गरेको बताए । शुरुआती अवस्थामा अस्पतालमा मानसिक रोगी आयो भने निको पार्न सकिन्छ ।

यो घरायसी कलहबाट हुने भएकोले सरकारले जनचेतनाको कार्यक्रम ल्याउनु पर्छ । घरायसी कारण, आर्थिक अवस्थाको कारणले गर्दा तथा समाजमा भएका बिकृती बिंसगतीको कारणले आत्महत्या हुने गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६ बुधबार ००:००  ८ : ३५ बजे