काठमाडौं ।
नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेको छ । यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन् र ६ महिनाभित्र अधिवेशन गरिसक्नु पर्नेछ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको छ ।
साथै भ्रातृ संगठनहरुको मापदण्ड बनाउन एनपी साउदको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ । बैठकले प्रवास सम्पर्क समितिहरुको म्याद पनि ६ महिना नै थप गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया