८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

करेन्ट लागेर दाङमा एक जनाको ज्यान गयो



दाङ ।
दाङमा घर बनाउने क्रममा करेन्ट लागेर लमही नगरपालिका वडा नम्बर ६ देउपुरका ३० वर्षीय मजदुर जीवन चौधरीको ज्यान गएको छ ।
लमही नगरपालिका ६, देउपुरमा रहेको यनुकाकुमारी पुनको घर बनाउने क्रममा छतनजिकै रहेको नेपाल विद्युत्त प्राधिकरणको हाइटेन्सन लाइनको करेन्ट लागेर घर बनाउने काममा खटिएका मजदुर चौधरीको ज्यान गएको हो । घरमा प्लस्टर गर्ने क्रममा करेन्ट लाग्दा मजदुरको ज्यान गएको हो ।
चौधरीको शव अहिले लमही अस्पतालमा राखिएको लमही नगरपालिका वडा नम्बर ६ को वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिनुभयो ।
यता चौधरीको नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण ज्यान गएको स्थानीयले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६ मंगलबार ००:००  ९ : ४१ बजे