कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउपालिका– ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर फेरी अर्की एक बालिकाको मृत्यु भएको छ । माहोम्द रफिक चिढिमारकी छोरी १५ बर्षिया जमिलाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।
सोमवार साझ आफनो भाईसंग नजिर्क रहेको पोखरीमा घास काटन गएकी थिईन । मृतको भाई एक घन्टा अघि नै घर फर्किएको तर घास लिन गएकी जमिला अबेर साझ सम्म पनि नपर्फिए पछि उनको खोजी गरिएको थियो । उनी साझ ७ बजेतिर पोखरीबाटै बेपत्ता भएकी थिईन ।
जमिलाको शव मंगलवार बिहान पोखरीमा तैरी रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । यस अघि सोमवार नै सुद्धोदन गाउपालिकाको सन्तघाटमा नुहाउन गएका ३ जनाको खोलाले बगएर मृत्यु भएको थियो । उनीहरुको शव पनि मंगलवार बिहान फेला परेको थियो ।
१७ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया