कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ ।
तीजको दिन सोमबार बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान परेकोे थियो । बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शब लाइ कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया