कपिलवस्तु ।
नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसरमा महिला हिंसा न्यूनिकरण सम्बन्धि तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेसन र किर्डाक नेपालको सहयोगमा ,बुद्धभूूमि नगरपालिकाको कार्यालय , बुद्धभूमि नगरपालिका वडा नम्बर ३,४ र ९ का किशोरकिशोरी संवाद केन्द्र र महिला संजालको समन्वय एवम सामाजिक कार्यका लागि किशोरकिशोरी तथा एनिमेटरको संजाल आशा संजालको आयोजनामा कार्यक्रम बुद्धभूमि नगरपालिका वडा नं ९ बुद्धभूमि बहुमूखी क्याम्पसमा सम्पन्न भएको हो ।
पुराना तीजका भाकामा महिला हिंसाका न्यूनिकरणका विषयमा विभिन्न संवाद केन्द्रका किशोरकिशोरीहरु तथा महिला संजालले विभिन्न किसिमका सन्देशमूलक प्रस्तुती दिएका थिए ।
आशा संजालकी सचिव खुमा थारुले संचालन गरेको कार्यक्रममा प्रमुख अथिति ५ नम्बर प्रदेश सभा सदस्य रीना नेपाल र विशिष्ट अतिथि बुद्धभूमि नगरपालिका उपप्रमुख मीरा थारु र आशा संजालकी अध्यक्ष अन्जना थँरुको अध्यक्षतामा संचालन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं ३,४,९ का वडाध्यक्षहरु त्यसैगरी किर्डाक नेपालका जिल्ला संयोजक हरी प्रसाद लौडारी, त्यसैगरी पत्रकार चिन्ता परियार, संवाद केन्द्रका किशोरकिशोरी, आमा समुह, लगाएत स्थानियको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै किर्डाक नेपालका जिल्ला संयोजकले अब किशोरकिशोरीको माध्यमले किर्डाक नेपालले विभिन्न सामाजिक सवालमा काम गर्ने तथा तिजमा सबैजनाले आफ्नो क्षमता अनुसारको खर्च र यस्ता कार्यक्रमको लागि किर्डाक नेपाल सधै तयार भएको बताए ।
त्यसै गरी बुद्धभूमि नगरपालिकाका उपप्रमुख मीरा थारुले किर्डाक नेपालले संचालन गरेका संवाद कार्यक्रमलाई नजिक बाट कार्यक्रमको विषयमा जानकारी पाएको र यस कार्यक्रमले किशोरकिशोरीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको र आगामी दिनमा नगरपालिका पनि संगै हातेमालो गरेर अगाडी जाने प्रतिवद्धताका साथ कार्यक्रमको सफलताको शुभकामना दिनु भयो ।
यसैबिच कुनै बेला किर्डाक नेपालले संचालन गरेका संवाद कार्यक्रममा आफुले काम गरी आज यहां सम्म पुगेका अनुभव बताउदै प्रदेश न ५ का प्रदेश सभा सदस्य रीना नेपालले किशोरीहरुले गरेको यो प्रयासको उच्च मूल्याङ्कन गर्दै आशा संजालका किशोरीहरु मार्फत बुझेको यो रैबार (समचार) सामाजिक मन्त्रालयमा पु¥याएर यस रैबार समचारमा सामाजिक मन्त्रालयलाई ध्यान आकर्षणका लागि दिईएको ७ बुदालाई यताशिघ्र कार्यन्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सहयोग गर्ने कार्यालय तथा व्यक्तिलाई सहयोग गरीएको थियो भने कपिलवस्तुमा किशोरकिशोरीका जल्दाबल्दा समस्यालाई मध्यनजर गर्दै ५ नम्बर प्रदेश सभा सदस्य रीना नेपाल मार्फत सामाजिक मन्त्रालयमा मन्त्रालयको किशोरकिशोरीमा क्षेत्रमा ध्यान आकर्षणका लागि रैबार समचार पठाएका छन । रैबारमा विशेषगरी किशोरकिशोरीहरुले किशोरकिशोरीका समस्याहरु लाई ७ बुदामा समेटेर ५ नम्बर प्रदेश सभा सदस्य मार्फत सामाजिक विकास मन्त्रालयलाई ध्यान आकर्षण गराएका छन् ।
सामाजिक विकास मन्त्रीलाई सम्बोधन गर्दैै किशोरीहरुले किशोरकिशोरीको क्षमता विकासका लागि विभिन्न किसिमका क्षमता अभिवृद्धि नेतृत्व विकास तालिमहरु, रेडियो उद्घोषण, जस्ता तालिममा बजेट बिनियोजन, विभिन्न किसिमका आयआर्जन तथा विभिन्न व्यवसायिक तालिम संचालन गर्न माग गरेका छन् । ध्यानाकषएण पत्रमा आयआर्जनका लागि विभिन्न किसिमका सहयोग, गुणस्तरीय व्यवहारिक र जीवनपर्यन्त शिक्षाका लागि पहल, किशोरहरुको लागुऔषध, लागुपदार्थ दुव्र्यसनी जस्ता क्रियाकलापमा किशोरहरु तथा यूवाहरुको सहभागिता लाई अन्य गर्ने क्रियाकलापहरु संचालन गर्न, यूवाहरु लाइ विदेश पलाएनमा कमी ल्याई स्वदेशमा रोजगारीको व्यवस्था गर्न, स्थानिय स्तरमा विभिन्न संयन्त्र संचालन, निर्णय प्रक्रियामा किशोरकिशोरीहरुको अर्थपूण सहभागिताका निति निर्माण गरी स्थानिय सरकारलाई निर्देश दिन, समुुदायमा ब्याप्त विभिन्न सामाजिक सवाललाई न्यूनिकरण गर्न तालिम, गोष्ठि र विभिन्न जनचेतनामूल कार्यक्रम, अभियान, पैरवी र वकालतका लागि बजेट बिनियोजन लगाएतका ७ बुदामा ध्यान आकर्षण पत्र बुझाएका छन् ।
प्रतिक्रिया