गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी गुल्मीको बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कार्यदल गठन, सचिवालय र स्थानीय तहमा इन्चार्ज र सह-इन्जार्जको टुंगो लगाएको छ ।
जिल्ला कार्यदल समिति सात सदस्यीय गठन गरिएको छ । जसमा पार्टी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, सचिव वीर बहादुर कार्की, जिल्ला सदस्यहरू बालसिहं काउछा, भुपाल पोखरेल, ज्ञान कुमार बुढा, कृष्ण सुनार र हिरा एसि रहेका छन् ।
त्यस्तै बैठकले ४९ सदस्यीय जिल्ला सचिवालयको गठन गरेको छ । बैठकले जिल्लाका स्थानीय तहमा ईन्चार्ज र सह-इन्चार्ज पनि तोकेको छ ।
जसअनुसार कालिगण्डकी गाँउपालिकामा तेजेन्द्र सलामी इन्जार्ज र झवि पाण्डे सह-इन्चार्ज भएका छन् । सत्यवती गाँउपालिकामा अमर सिंजापति इन्जार्ज र यमु गैरे सह इन्चार्ज, चन्द्रकोटमा सिर्जना तरामु इन्चार्ज र चेतन बस्नेत सह-ईन्चार्ज भएका छन् ।
छत्रकोटमा विष्णु पौडेल इन्चार्ज र लोकनाथ पाण्डे सह-इन्चार्ज, धुर्काेटमा कृष्ण घिमिरे इन्चार्ज र चन्द्र विक सह-इन्चार्ज, मदानेमा वेगम चन्द बोहोरा इन्चार्ज र केशव चन्द बोहोरा सह-इन्चार्ज भएका छन् ।
इस्मामा दल बहादुर विक इन्चार्ज र चुरा बहादुर विष्ट सह इन्चार्ज, रेसुंगा नगरपालिकामा अशोक थापा इन्जार्ज र कृष्ण भण्डारी सह-इन्जार्ज भएका छन् ।
रूरू गाँउपालिकामा हिमाल श्रेष्ठ, गुल्मीदरबार गाँउपालिकामा शेर बहादुर सर्तुङ्गे मगर, मालिका गाँउपालकामा ज्ञान कुमार बुढा र मुसिकोट नगरपालिकामा जीवन खरेल इन्जार्ज भएका छन् । यी स्थानीय तहमा अबको केही समयभित्रै सह-इन्चार्जको टुंगो लगाइने नेकपा गुल्मीका सचिव वीर बहादुर कार्कीले जानकारी दिए ।
१२ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया