८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश ५ अब्बल रहेको मुख्यमन्त्री पोखरेलको ठोकुवा



गुल्मी । 

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ अब्बल प्रदेश भएको दाबी गरेका छन् । धुर्कोट गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धेरै कानुन बनाउने, विकास खर्च धेरै गर्न सफल लगायतका अन्य थुप्रै काम गरेकाले प्रदेश ५ अब्बल प्रदेश भएको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले मुलुकको विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै देशमा संघीयता आइसकेपछि देश विकासको बाटोमा अगाडि बढ्न थालेको बताए ।

यता धुर्कोट गाउँपालिकाले आफ्नै भवनबाट बुधबारदेखि कार्यालय सञ्चालन गरेको छ । नव निर्मित भवनको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले गरेसँगै गाउँपालिकाले आफ्नै भवनबाट कार्यसम्पादन सुचारु गरेको हो ।

१ करोड ३५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६ बुधबार ००:००  ५ : ४३ बजे