कैलाली ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरेका छन् ।
बुधबार कैलालीको सदरमुकाम धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी नभएको र यो काम आफैंमा विवादास्पद भएको बताएका हुन् ।
फरक प्रसंगमा नेता रावलले स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् ।
डा। बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए ।
मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय रहेको उनको आरोप छ ।
११ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया