सुर्खेत ।
बुधबार बिहान सुर्खेतमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये एक जनाको परिचय खुलेको छ ।जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका –५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय लक्ष्मी बस्नेतको मात्र परिचय खुलेको हो ।
दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । सुरुमा ३० जना भने पनि बसमा ३२ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । चालक, सह–चालक समान्य घाइते भएको र उनीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बसका चालक सल्यान बनगाढ कुपिण्डे नगरपालिका–११ का खिमबहादुर विकको स्थानीय मेडिकलमा उपचारपछि नियन्त्रणमा लिइएको डीएसपी रवि रावलले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले नाम नखुलेको एक बच्चा सकुशल उद्धार गरेर आफ्नो साथमा राखेको जानकारी दिएको छ ।
प्रतिक्रिया