सुर्खेत ।
सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् ।
बुधबार बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो ।
ज्यान गुमाउनेको परिचय खुलेको छैन । घाइतेको भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिनुभयो । ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिए पनि कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया