बाँके ।
लागूऔषधका कैदी र थुनुवाले नेपालगन्जस्थित कारागार शाखा, बाँके भरिएको छ । कुल दुई सय ५० क्षमताको कारागारमा क्षमताभन्दा धेरै दुई सय ८६ जना लागूऔषध ओसार पसार र बेचविखन सम्बन्धि मुद्धामा सजाय भोगिरहेका र पुर्पक्षका लागि थुनामा रहेका कैदी थुनुवा भएको कारागारका निमित्त प्रमसख दीपेन्द्रप्रसाद पौडेलले बताए । उनले कुल सात सय ३९ कैदी थुनुवा मध्ये दुई सय ८६ जना लागूऔषध सम्बन्धि मुद्धाका कैदी रहेको जानकारी दिए । उनले लागूऔषधसम्बन्धि एक सय २५ कैदी र एक सय ६१ जना थुनुवा भएको बताए ।
ति मध्ये १८ जना महिला कैदी थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । हरेक हप्ता एक जना लागूऔषध सम्बन्धि मुद्धाका थुनुवा र कैदी आउने गरेको पौडेलले जानकारी दिए । ‘लागूऔषध सम्बन्धि मुद्धाका कैदी र थुनुवाका कारण कारागारमा कैदी थुनुवाको संख्या दोब्बर भएको हो’, उनले भने ।
पौडेलका अनुसार, कारागारमा एक सय ३६ जना कर्तब्य ज्यान र सवारी ज्यान सम्बन्धि मुद्धाका कैदी–थुनुवा रहेका छन् । ९५ जना कैदी र ४१ जना थुनुवा भएको बताए । कारागारमा सजाय भोगिरहेका मध्ये जवरजस्ती करणी सम्बन्धि मुद्धामा सजाय खेपिरहेका कैदी–थुनुवाको संख्या पनि उल्लेख्य छ । १ भाद्रसम्म जवरजस्ती करणीका ६० कैदी र ३९ थुनुवा गरि ९९ जना रहेको कारागार प्रशासनले जनाएको छ ।
११ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया