८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

टरिगाउँमा नयाँ टर्मिनल भवन निर्माण कार्य सकियो



दाङ ।
दाङको एक मात्र विमानस्थल टरिगाउँमा नयाँ टर्मिनल भवन निर्माण कार्य सकिएको छ । ५८ लाख रुपैयाँ लगानीमा नागरिक उड्ययन प्राधिकरणले नयाँ टर्मिनल भवन (यात्रु प्रतिक्षालय) निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामै पुरा भएको न्यू अष्ट्रिना निर्माण सेवाका प्रोप्राइटर सुरेशकुमार आचार्यले जानकारी दिए ।
भ्याट बाहेक ५१ लाख ५६ हजार र भ्याटसहितको खर्च जोड्दा ५८ लाख २७ हजार बराबर खर्च भएको कम्पनीले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण नेपालगञ्जले आह्वान गरेको टेन्डरमा आचार्यले माघ ४ गते टेन्डर सकारेका थिए । लम्वाई २४ मिटर, चौडाई १२ मिटरमा निर्माण गरिएको नयाँ टर्मिनल भवनभित्र महिला र पुरुष शौचालय निर्माण गरिएको छ । त्यस्तै अन्य यूरिनल रुम, नागरिक उड्ययनका लागि यात्रु चेकिङ पोष्ट, सुरक्षाकर्मीको लागि कोठाहरुको व्यवस्था छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६ बुधबार ००:००  ७ : ३८ बजे