मायादेवी अनलाइन, बुद्धभूमि ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले सबै स्थानीय तहमा औषधि खरिदका लागि आवश्यक बजेट दिएको बताउनु भएको छ । संघीय सरकारले औषधि खरिदका लागि आवश्यक बजेट पठाउँदै आएको छ, तर कतिपय स्थानीय तहले त्यो बजेट गलत काममा लगाउने गरेको पनि पाएको उहाँले बताउनुभयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालविवाह मुक्त र पूर्ण खोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले संघीय सरकारसंग मिलेर अगाडी बढ्न चाहे आवश्यक बजेट दिन सकिने बताउनुभयो । मन्त्री यादवले सरकारले स्वास्थ्यका लागि पठाएको बजेट कतिपय स्थानीय तहले गलत काममा खर्च गर्ने गरेको बताउनुभयो । ‘पत्रकारले सधै स्थानीय तहमा औषधि अभाव भनेर लेख्ने कारण नै त्यही हो । यसरी संघीयता सफल कसरी सफल हुन्छ । जुन जुन शिर्षकमा आउँछ बजेट त्यही शिर्षकमा खर्च गर्न स्वास्थ्य राज्य मन्त्री यादवले आग्रह गर्नुभएको छ ।’
उहाँले संघीय सरकारले एक नगरपालिकामा १५ शैयाको हस्पिटल बनाउने नीति लिएको भन्दै त्यसको लागि नगरपालिकाले १५ कट्ठा जग्गा दिन सके तुरुन्तै बजेट दिन सकिने बताउनुभयो । उहाँले तीन तहका सरकार मिलेर अघि बढे विकास सम्भव भएको बताउनुभएको छ । मुलुक संघीयताको कार्यान्वयनमा रहेको र संविधानले तीन तहका सरकारको परिकल्पना गरेको बताउदै आ–आफ्ना अधिकार क्षेत्रका काम सही ढंगले गर्न सके विकासले गतिलिने बताउनुभयो ।
नेपालमा संघीयता आएसंगै विकासको लहर चलेको भन्दै यसलाई सफल पार्ने दायित्व तीन तहकै सरकारको भएको बताउनुभयो । स्थानीय सरकारको मातहतमा स्वास्थ्य शाखा रहेको भन्दै उहाँले अब स्थानीय सरकारका प्रमुखले स्वास्थ्य शाखाका कर्मचारीलाई आफ्नो स्थानीय तहमा जतापनि सरुवा गर्न सक्ने बताउनुभयो ।
विश्व सुचना प्रविधिले अगाडी बढेको भन्दै उहाँले अब नेपालमा पनि प्रविधि भित्त्राउने तयारी भैरहेको बताउनुभयो । देशका केही स्थानीय तहमा नगर प्रमुखले नगरपालिकाबाटै स्वास्थ्य संस्थामा के भैरहेको बच्चाको हाइट, वेट र टाउकोबाटै बच्चाको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिने भन्दै डा. यादवले त्यसका लागि विशेषज्ञ ल्याएर प्रविधि जडान गर्ने तयारी भैरहेको उहाँले दाबी गर्नुभयो । यस्तो प्रविधि इजरायलमा आफुले देखेको उहाँले सुनाउनुभयो ।
१० भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया