८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बालिकामाथि पटक पटक बलात्कार गर्ने युवक ५ वर्षपछि पक्राउ



काठमाडौं ।
आर्थिक अवस्था कमजोरी भएको परिवारकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा स्थायी घर भइ काठमाडौं महानगरपालिका–१८ बस्दै आएका २८ वर्षीय सुमन खड्कालाई पाटन उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
पाटन उच्च अदालतको १० कात्तिक २०७१ को आदेशबाट दोषी ठहर भएका खड्का त्यसयता फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०बाट खटिएको टोलीले खड्कालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सिआईबीका अनुसार खड्काले परियार थरकी १५ वर्षीया बालिकालाई विवाह गर्ने भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।
सिआईबीका खड्काले ६ जेठ २०६९ मा काठमाडौं महानगरपालिका–१८ स्थित आफ्नै घरमा बोलाएर ती बालिकामाथि बलात्कार गरेका थिए ।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले खड्कालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।
पछि, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टी गर्दै खड्काविरुद्ध ४ वर्ष ५ दिन १ महिनाको कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६ मंगलबार ००:००  २ : ४८ बजे