८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ ईन्ष्टिच्यूटद्धारा तीजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न



मायादेवी अनलाइन, वाणगंगा ।

सिद्धार्थ ईन्ष्टिच्यूट वाणगंगा बुङचीले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा बोल्दै  तीजलाई भब्य र सभ्य रुपले मनाउनु पर्नेमा वक्ताले जोड दिएका छन् । यसका साथै सिद्धार्थ ईन्ष्टिच्यूटले जिल्लामा रा्रमा विद्यार्थी उत्पादन गर्नुका साथै दक्ष जनशक्ती उत्पादन गर्दै जिल्लामै उत्कृष्ट हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले सिद्धार्थ ईन्ष्टिच्यूटले स्थापनाको छोटो अवधीमा उल्लेखिय काम गरेको भन्दै थप प्रगतीको शुभकामना दिनुभएको छ ।

सिद्धार्थ ईन्ष्टिच्यूटले विद्यार्थीलाई पनि योग्य बनाउनुका साथै केहि ब्यक्तीलाई रोजगारी दिएको बताउनुभयो । यस्तै विशिष्ट अतिथी कांग्रेस नेता डोलकराम घिमिरेले पनि सिद्धार्थ ईन्ष्टिच्यूटले जिल्लामा राम्रो काम गरेको र आगामी दिनमा पनि उल्लेखिय कार्य गर्ने बताउनुभयो । यस्तै सिद्धार्थ ईन्ष्टिच्यूटका अध्यक्ष सुशिल खत्रीले आफुलाई शुभकामना ब्यक्त गर्नुहने सम्पूर्णलाई धन्यवाद दिनुभयो  । उहाले सिद्धार्थ ईन्ष्टिच्यूटले नाफामा भन्दा पनि गुणस्तरियतामा ध्यान दिने भन्दै एक पटक सिद्धार्थ ईन्ष्टिच्यूटलाई विश्वास गर्न आग्रह गर्नुभयो । मन्टेश्री शिक्षक लक्ष्मी बस्नेतको स्वागतमा भएको कार्यक्रममा पत्रकार, समाजसेवी, लगाएतविभिन्न ब्यक्तीत्वको  सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६ मंगलबार ००:००  २ : ३८ बजे