८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपालले बंगलादेशको सामना गर्दै, उपाधी भिडन्तका लागि जित्नै पर्ने दबाब



काठमाडौं ।
पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपमा नेपाल र बंगलादेशबीचको खेल आज हुँदैछ । भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गत नेपालको यो तेस्रो खेल हो ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । आजको खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्ने दबाब छ । आजको खेल जिते मात्र नेपाल शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउने छ । उपाधी दाबेदार मानिएको नेपालका लागि यो ठूलो चुनौती हो ।

नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक छ । नेपाल पहिलो खेलमा भारतसँग ५(० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २(० ले हराएको थियो ।

नेपालले बंगलादेशपछि न्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६ मंगलबार ००:००  ११ : ३६ बजे