बिष्णु कुमार आले, अर्घाखाँची ।
अरिंगालको टोकाईबाट अर्घाखाँची सन्धिखर्क ५ का १५ बर्षीय नन्द बहादुर मुखियाँको ज्यान गएको छ । स्थानीय गोपेश्वर आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्यनरत बालक नन्द बहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालले टोकेको थियो ।
अरिंगालको टोकाईबाट घाईते भएको गाउँलेले देखेपछि निज मुखियाँलाई उपचारको लागि जिल्ला अस्पताल पुराएका थिए । जिल्ला अस्पतालले बुटवल रिफर गरेपनि समयमा उपचार पाउन नसकेपछि बालकको मृत्यु भएको बताईएको छ ।
उपचार गर्दा गर्दै अचेत भएका बालक मुखियाँलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मृतक नन्द बहादुर मुखियाँ ५ बहिनी दिदीहरू पछि जन्मिएका दिल बहादुर मुखियाँको एक्ला छोरा थिए । अहिले सवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पतालको सवगृहमा राखिएको छ ।
१० भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया