मायादेवी अनलाइन, कपिलवस्तु ।
चितवन अदालतले सामाजिक संजालमा शालिकराम हत्याबारे रविलाई केही नबोल्न भने पनि रवि लामिछानेले अटेर गरेका छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ः रवि र युवराजलाई उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म मुद्दासँग सम्बन्धित विषयमा सामाजिक संजाल फेसबुक, ट्विटर, युट्युबलगायतका माध्यम र टिभीबाट कुनै पनि अभिव्यक्ति नदिन आदेश दिएको थियो। तर, रविले अदालतबाट बाहिरिएको एकछिनमै अदालतको आदेशमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। श्रीमती नीकिता पौडेलको फेसबुमा लाइभ आउँदै रविले अदालतबाट आएको आदेशमा आफ्नो असहमति रहेको बताएका छन्। उनले भनेका छन् ‘सम्मानित अदालतले गरको निर्णयमा हाम्रो केही ‘रिजर्भेसन’ छ। त्यसको उपचार पनि अदालतबाटै गर्नेछौँ। हामी कानुन व्यवसायीसँग छलफल गर्ने नै छौँ।‘ अदालतको आदेशको विश्वसनीयतामा प्रश्न उठाएका छन् । सोमबार राति अदालतमा ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेले अदालतको आदेशमा आफ्नो असहमति रहेको उल्लेख गरेको छ । अब उनले त्यसको उपचार कानुनी बाटोबाटै खोज्ने बताएका छन्
चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा छोडेको थियो। उनले आफ्नो लागि सहयोग गर्ने, आफ्नो पक्षमा आन्दोलन गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले घाइते भएकाहरूलाई पनि शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आफ्नो पक्षमा सडकमा आउने व्यक्तिहरूलाई धन्यवाद दिन भनेर उनी चितवनमै बसेका छन्। उनले आज चितवनमा धन्यवादसभा गर्ने घोषणा गरेका छन्। अर्का पत्रकार युवराजले भने आफू अदालतको विषयमा केही पनि नबोल्ने बताएका छन् । उनले आफू नियमित काममा खट्ने प्रष्ट पारेका छन् । अदालतको फैसलाले भने अदालत, प्रहरी, अनुसन्धानमा संलग्न अधिकारीलगायत सम्बद्ध कुनै पनि निकाय वा व्यक्तिका बारेमा केही नबोल्न आदेश दिएको छ।
प्रतिक्रिया