८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरोकारवाला भन्छन्, सञ्चारकर्मीका कारण मारमा पर्‍यौं ! महासंघले निकाल्यो विज्ञप्ति



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आइतबार गोरुसिंगेमा आयोजना गरेको नागरिकको नजरमा मिडिया सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका सरोकारवालाले राखेको सुझाव र धारणालाई गम्भिर रुपमा लिएको छ । पछिल्लो समय पत्रकार र मिडिया माथि नै प्रश्नहरु उठिरहदा सरोकारवालाले राखेको सुझावलाई कपिलवस्तु शाखाले सकारात्मक रुपमा लिएको छ । नागरिक समाज, उद्योगी व्यवसायी, जनप्रतिनिधी तथा सरकारी निकायका उच्च अधिकारी सम्मिलित कार्यक्रमबाट आएका महत्वपूर्ण सुझावलाई ग्रहण गर्दै महासंघले जिल्लाका सम्पूर्ण पत्रकार र मिडियालाई थप जिम्मेवार बन्न र पेशागत मर्यादालाई जोगाउन आग्रह गरेको छ ।
सुनुवाईमा नागरिक समाज, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधीले केही मिडिया र संचारकर्मीका कारण आफुहरु मारमा परेको बताएकाले त्यसतर्फ जिल्लाका संचारकर्मी गम्भिर बन्न र सच्चिन समेत विज्ञप्ती मार्फत आग्रह गर्दछौं । शाखाले जिल्लाका सम्पूर्ण पत्रकार र मिडिया हाउसलाई पत्रकार आचार संहिता पूर्ण रुपमा परिपालना गर्न समेत निर्देशन गरेको छ । केही मिडिया तथा पत्रकारले आचार संहिता विपरित कार्य गरेको भन्ने सुन्नमा आएकाले त्यस्ता संचार संस्था तथा पत्रकारका विषयमा तत्काल महासंघ तथा प्रेस काउन्सिलमा नागरिकलाई उजुरी गर्न समेत अनुरोध गरेको छ ।
पत्रकार आचार संहिता उल्लघंन गरेका पत्रकार तथा संचार माध्यमका सम्बन्धमा उजुरी गर्न सक्ने कानुनी व्यवस्थालाई नागरिकले अधिक्तम उपयोग गर्न समेत महासंघ आग्रह गर्दछ । समाजमा मिडियाले खेलेको भूमिका प्रंशसनीय रहेकाले मुलुकमा विधिको शासन, लोकतन्त्र तथा सुशासन स्थापित गर्न पत्रकारितालाई अझ व्यवस्थित र मर्या्दित बनाउदै सही ढंगले परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  ७ : ५१ बजे