८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

उपचुनावको तयारीको बेला कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसको आपत्ति



काठमाडौं । 

प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

सहसचिव सरुवा गर्दा वरिष्ठताका आधारमा प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने आफ्नो नीतिगत निर्णय उल्लंघन भएको र कसैलाई काखा र कसैलाई पाखा गरिएको उनको दाबी छ ।

उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगका सहसचिवहरुको पनि सरुवा भएको भन्दै कांग्रेस सचेतक भुसालले भनिन्, ‘प्रमुख प्रतिपक्ष सशशंकित भएको छ कि सरकारले निश्पक्ष निर्वाचन गर्न खोजेको हो कि होइन ?’ उपचुनाव १४ मंसिरमा हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  २ : ४२ बजे