८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सितगंगामा लेनलाईन र एडिएसएल ईन्टरनेट सेवा विस्तार गर्न संचार मन्त्री बास्कोटाको निर्देशन



बिष्णु कुमार आले, अर्घाखाँची ।
लामो समय देखि ओझेलमा परिरहेको अर्घाखाँचीको सितगंगा नगरपालीकामा तत्काल लेनलाईन टेलिफोन र एडिएसएल ईन्टरनेट सेवा बिस्तारको काम सुरू गर्न सुचना तथा संचार प्रवृधि मन्त्री गोकुल बास्कोटाले कर्मचारीलाई निर्देशन दिनु भएको छ । रूपन्देहीको भैरहवामा बसेको बैठकमा दुरसंचारको क्षेत्रिय कार्यालयका संबन्धित कार्यालय प्रमुखहरूलाई सितगंगा नगरपालीकामा एकहप्ता भित्र लेनलाईन टेलिफोन तथा एडिएसएल ईन्टरनेट सेवा विस्तारको काम सुरू गर्न मन्त्री बास्कोटाले निर्देशन दिनु भएको हो । जिल्लाको पहिलो सदरमुकाम रहेको तथा नेपालकै ठूलो सितगंगा नगरपालीकामा अझै लेनलाईन टेलिफोन र एडिएसएल ईन्टरनेट सेवा पुग्न नसकेको बारे पटक पटक फलोअप गरि पत्रकार बिष्णु कुमार आलेले राष्ट्रिय टेलिभिजन, रेडियो तथा पत्र पत्रिकामा प्रकाशन तथा प्रसारण गरेपछि निकै चासोको रूपमा हेरिएको थियो । यसै बिषयलाई लिएर सुचना तथा संचार मन्त्री गोकुल बास्कोटा जिल्लाको ठाडामा रेडियो सितगंगा उद्घाटन गर्न आएको बेलामा सितगंगा बासीले सितगंगामा लेनलाईन टेलिफोन ,एडिएसएल ईन्टरनेट सेवा फोरजी सेवा विस्तार गर्न र पटक पटक बिजुली जाने समस्या समाधान गर्न संचार मन्त्री बास्कोटा समक्ष पहिलो माग राखेका थिए । जनताको मागलाई ग्रहण गर्दै सुचना तथा संचारमन्त्री बास्कोटाले आईतबार साझ क्षेत्रिय कार्यालय भैरहवामा सम्बन्धित कार्यालय प्रमुखहरू सहित बसेको बैठकमा सितगंगामा एक हप्ता भित्र काम सुरू गरि परिणाममुखी जवाफ दिन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनु भएको हो । मन्त्री बास्कोटाले जनताको हितमा काम नगर्ने कर्मचारीलाई कार्वाही गरिने बताउनु भयो । नेपाल टेलिकमको ईन्टरनेट सेवा निकै सुस्त भएकाले यसको क्षमता बढाएर सेवा प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनु भयो । मन्त्री बास्कोटाले जनताको हित बिपरित काम गर्ने , प्रभावकारी सेवा नदिने र कमिसन तन्त्रमा अल्झिएर काम गर्ने कर्मचारीलाई तत्काल हटाईने बताउनु भयो । मन्त्रीको आश्वासन पाए लगत्तै प्रदेश सभासद रामजि प्रसाद घिमिरे , चेतनारायण आचार्य, जाल्पा भुसाल , नेकपा जिल्ला ईन्चार्ज नजिरमियाँ , सितगंगा नगरपालीका उपप्रमुख टीका रेश्मीमगर , वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसी , नेकपा नगर संयोजक वसन्त कुमार श्रेष्ठको टोलि मन्त्री बास्कोटा सगै नेपाल दुरसंचारको क्षेत्रिय कार्यालय भैरहवामा पुगेको थियो ।
सुचना तथा संचार प्रवृधी मन्त्री बास्कोटाको निर्देशन पाएपछि क्षेत्रिय डाईरेक्टर सुर्यनारायण मालाकारले संचारकर्मी बिष्णु कुमार आले संग टेलिफोनमा कुराकानी गर्दै सितगंगा नगरपालीकामा सेवा विस्तारको लागि तत्काल काम सुरू गरिने बताउनु भयो । पत्रकार बिष्णु कुमार आले सँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रिय डाईरेक्टर मालाकारले नयाँ सर्वे गरि नया प्रवृधिको फाईबर (एफटिटिएस) सेवा विस्तार गरिने बताउनु भयो । उक्त सेवा बाट अहिले टेलिफोन , ईन्टरनेट सेवा र भविष्मा टेलिभिजन सेवा पनि पाउन सकिने बताउनु भयो । यस बिषयमा सितगंगामा लेनलाईन टेलिफोन तथा ईन्टरनेट सेवा विस्तारको लागि नेपाल दुरसंचारले कामलाई कत्तिको प्राथमिकता दिएर अगाडि बढाउछ हेर्न बाँकी छ । यसबारे निरन्तर फलोअप गरि जानकारी दिने छौं । सुचना तथा संचार मन्त्री बास्कोटाले जिल्लाको दक्षिणखाँची सितगंगामा पटक पटक बिजुली जाने समस्या समाधानका लागि प्रमख जिल्ला अधिकारी बिजयराज पौडेललाई तत्काल छलफल गरि बिजुली नजाने दिगो रूपमा समाधान गर्न निर्देशन समेत दिनु भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  १२ : ०१ बजे