८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा ९ भर्लावासमा तीज गीत कार्यक्रम सम्पन्न



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ भर्लावासमा अवस्थित खुतखते सामुदायिक वन उपभोक्ता समूह भर्लावासको आयोजनामा ‘रुख रोपौं बन जोगाऔं’ भन्ने मूल नाराका साथ टोल स्तरीय तीज गीत प्रतियोगीता भव्यताका साथ सम्पन्न गरेको छ ।
सो तीज प्रतियोगितामा ५ वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगतामा समूह नं. ५ प्रथम, समूह नं. १ द्धितिय, समूह नं. ४ तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् भने २ नं.समूह र ३ नं. समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
विजेता समूहलाई क्रमश प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई नगद क्रमश ९ हजार, ७ हजार ५ हजार र २÷२ हजार प्रमाणपत्र मेडल कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष ध्रुव वेल्वासे, जित बिकास रायमाझी, कुन्तामणी भुसालले सहभागी समूहलाई टीका लगाई प्रदान गर्दै भलवाडकै नमूना योग्य वन भएको कुरामा प्रशंसा गरेका थिए ।
कार्यक्रममा ‘वन जोगाऔं, संरक्षण गरौ’ बनबाट भएका फाइदा, सामुदायिक वनमा जिल्लामै दोस्रो स्थान प्राप्त गरेको वनको प्रशंसा आदि कुराका गीतको बोलको प्रस्तुती रहेको थियो । मूल्यांकन मंडलमा रामप्यारी पौडेल, जंजीर प्रसाद थारु र दिपक कुँवरले भूमिका निर्वाह गर्नु भएको थियो ।
कार्यक्रम खुतखुते सामुदायिक वनका अध्यक्ष भिम बहादुर पुनको अध्यक्षता, वडाध्यक्ष ध्रुव वेल्वासेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सचिव मोतिकला पुनको स्वागत र उपाध्यक्ष सकुन्तला आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  ९ : ०५ बजे