मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले वाणगंगा नगर कमिटीको अध्यक्षमा शंकर पाण्डेलाई जिम्मेवारी दिएको छ । एमाले र माओबादी केन्द्रबीचको पार्टी एकता पछि बनेको नेकपाबाट विश्व कार्की नगर कमिटीको अध्यक्ष थिए । तर, उनलाई जागिर लगाईदिने प्रलोभनमा पारेर रकम ठगेको आरोप लागेपछि पाण्डेलाई जिम्मेवारी दिइएको हो ।
यस्तै वाणगंगा नगर कमिटीको सह-इन्चार्जमा सूर्य कुमारी शाहीले जिम्मेवारी पाउनुभएको छ । आइतबार तौलिहवा पार्टी कार्यालयमा बसेको कार्यलयको बैठकले पाण्डे र शाहीलाई सपथ खुवाइएको थियो । सपथ जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने र झविलाल पोख्रेलले खुवाउनुभएको थियो ।
८ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया