८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्व कार्की नेकपा वाणगंगा नगर कमिटीको अध्यक्षबाट बर्खास्त, अरु कारबाही ?



मायादेवी अनलाइन, वाणगंगा ।
विभिन्न व्यक्तिसंग जागिरको प्रलोभन देखाएर रकम लिने गरेको आरोप लागेका विश्व कार्की पार्टी कारबाहीमा परेका छन् । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले वाणगंगा नगर कमिटी अध्यक्ष समेत रहेका कार्कीलाई कारबाही गरेको हो ।
नेकपा पार्टी कार्यालय तौलिहवामा आइतबार बसेको कार्यालयको बैठकले कार्कीलाई नेकपा वाणगंगा नगर कमिटीको अध्यक्षबाट बर्खास्त गरेको नेकपाका नेता डम्मर शर्माले जानकारी दिनुभयो । बैठकले अहिलेलाई नगर कमिटीबाट मात्र हटाइएको बताए पनि शर्माले अरु विषय बाहिर भन्न नमिल्ने बताउनुभयो ।
कार्कीले सरकारी जागिर लगाई दिने प्रलोभनमा पारेर ४५ लाख बढी ठगेको आरोप लागेको थियो । आफ्नै पार्टी निकट एक दर्जन युवाहरुसंग अध्यक्ष कार्कीले ४५ लाख ३० हजार ठगेका हुन् ।
गत साउन ३२ गते गुल्मी र बाग्लुङका एक दर्जन युवाहरुले आफुहरुलाई कार्कीले ठगेको भन्दै रकम फिर्ता गराई दिन नेकपा जिल्ला कार्य समितिमा सामुहिक निबेदन दिएका थिए ।
सोही निबेदन सार्वजनिक भए पछि कार्कीले ठगेको कुरा बाहिर आएको थियो । यद्यपि पार्टीले तत्काल एक्सनमा घटनालाई नलिए पनि झण्डै एक हप्ता पछि एक्सनमा लिएको हो । शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्यका लागि ३ लाख र प्रहरीका लागि २ लाख ६० हजारका दरले रकम लिएको पीडीतहरुले बताएका छन् । ७ जना शिक्षा सेवा आयोग, २ जना स्वास्थ्य र ३ जना प्रहरी बन्नका लागि कार्कीलाई रकम बुझाएका थिए । ग्यारेन्टीका साथ जागिर लगाई दिने र केन्द्रिय स्तरका कर्मचारी र नेताहरुलाई रकम बुझाउन पर्ने भन्दै रकम लिइएको थियो ।
निबेदनमा शिक्षक बन्न गुल्मीको मालिका गाउँपालिकाका तारा बहादुर थापा, तेजेन्द्र घर्ती, दिपेन्द्र घर्ती, कुर्ती श्रीस, रुद्र बहादुर पुन, बाग्लुङको बडिगाउँ गाउँपालिकाका पूर्ण बहादुर बिक र श्याम घर्तीले साढे चार लाखका दरले रकम बुझाएको उल्लेख गरिएको छ । यस्तै प्रहरी बन्न बाग्लुङका नर बहादुर बिक, गंगाराम बिक, मनोज रसाइलीले ३ लाखका दरले रकम दिएका थिए ।
स्वास्थ्यका लागि गुल्मीका जीत बहादुर सुनार र पदम थापाले २ लाख ६० हजारका दरले बुझाएका थिए । गुल्मीको मालिका गाउँपालिका २ का दिपेन्द्र घर्तीले आफु शिक्षक सेवा अयोगबाट प्राबि शिक्षाका लागि कार्कीलाई साढे चार लाख बुझाएको बताए । अहिले कार्की संपर्कबिहीन छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६ आइतबार ००:००  ८ : ५४ बजे