चितवन ।
लामखुट्टेको टोकाइका कारण हुने डेंगु रोगका कारण भरतपुरमा एकजनाको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार डेंगु ज्वरोका कारण ७१ वर्षका एकजना पुरूषको निधन भएको हो ।
साउन २९ गते ज्वरो आएर ती व्यक्ति उपचारका लागि भरतपुर सामुदायिक अस्पताल आएका थिए । त्यसै दिन उनलाई उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोही अस्पतालमा साउन ३१ गते मृत्यु भएको केसीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयमा भदौ ६ गते यो विवरण प्राप्त भएको उनले बताए । नवलपरासी घर भएका मृतक नारायणगढ गंगोत्री मार्गमा बस्दै आएका थिए । भरतपुरको वडा नम्बर १, २, ३ , ४ र १० को बजार क्षेत्रमा डेंगुको प्रकोप बढेको केसीले बताए ।
उनका अनुसार साउनयता भदौ ५ सम्म डेंगु लागेका २२५ व्यक्ति उपचारका लागि आएको निरीक्षक केसीले जानकारी दिए ।
८ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया