चितवन ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियोग पत्र दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम सकिएसँगै अभयोग पत्र दर्ता गरिएको हो ।
भइरहेको छ,’ जिल्ला न्यायाधीशवक्ता शर्माले खबरहबसँग भने, ‘अध्ययनको काम सकिएपछि आज नै अभियोग पत्र दर्ता हुन्छ । आज नै दर्ता गर्नेगरी काम गरिरहेका छौं ।’
यस्तो छ प्रहरीको राय
१० दिनसम्म हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय चितवनले शालिकराम प्रकणबारे अध्ययन र अनुसन्धान गरेको थियो । त्यसमा केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० ले सहयोग गरेको थियो । प्रहरीले लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहन गरेको अभियोग लगाउन राय दिएको प्रहरी श्रोतको भनाइ छ ।
अबको प्रक्रिया के हुन्छ ?
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।
प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेसँगै अब जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी ९रवि, युवराज र अस्मिता०को बयान लिन शुरु गर्नेछ ।
तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।
अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।
थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् ।
प्रतिक्रिया