दाङ ।
दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बंगलाचुली गाउँपालिका(८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। उनी साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित शंकर होटेलमा घर्ती मृत फेला परेका हुन्। भारतको महाराष्ट्रबाट रोजगारी गरी फर्किंदै गरेका घर्तीसहित ६ जना शनिबार होटेलमा बास बस्न आएका थिए। अन्य चारजना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति पनि सँगै सुतेको प्रहरीले बताएको छ। बिहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
८ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया